प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८०
करेन्ट लागेर २ जनाको मृत्यु
२०८०-०३-१२

बर्दिया, मधुवन नगरपालिका-१ कैलाशी गाउँ बस्ने १९ वर्षीय सुदिप थारुको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ । सोही ठाउँस्थित आफ्नै दाजुको घरमा विद्युतको लाईन तान्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रूपन्देही, गैडहवा गाउँपालिका-४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करेन्ट लागेर तीन जनाको मृत्यु
२०८०-०३-०७

 कपिलवस्तु, कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका-५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्‍चात डिस्चार्ज भएका छन् ।             बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको हो ।              दाङ, राजपुर गाउँपालिका-७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।              यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।